भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पहिराेले पुरिएका आठ जनाको शव भेटियो

पहिराेले पुरिएका आठ जनाको शव भेटियो

३२ जेठ २०७७ पर्वत । कुस्मा नगरपालिका ३ दुर्लुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ ।

शनिवार राति गएको पहिरोमा परि ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापा, ३२ वर्षीया कमला बिक, उनकी छोरी ८ वर्षीया प्रमिशा बिक, ३० वर्षीया दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापाको शव फेला परेको हो ।

घरसँगै पुरिएका १६ वर्षीय जेनिस बिक भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम गरिरहेका छन् ।

घर रहेको स्थान नै नचिनिने गरी पहिरोले लगेका कारण बेपत्ता भएकाको खोजीका लागि धेरै भागमा कोदाली र गैँतीले खनीरहेका छन्। २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको वन क्षेत्रबाट पहिरो आएको थियो । पहिरोले कुल ३ घरमा प्रत्यक्ष असर गरेकोमा कमला र तुलबहादुरको घरको निसान समेत नरहने गरी पुरेको छ।

 


Thali Mobile Pvt.Ltd.