भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो फेरि पनि पहिरो

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो फेरि पनि पहिरो

काठमाण्डौ । नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो जाने क्रम रोकिएको छैन् । हरेक वर्षा याममा नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो चिनताको विषय बने पनि उपयुक्त समाधान हुन सकेको छेन् । पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ ।

पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको स्थानीयको भनाई छ । यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार अवरुद्ध हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.