भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नारायणहिटीकाे विषयलाई लिएर प्रधानमन्त्री देउवाले दिए पर्यटनमन्त्री आलेलाई बधाई

नारायणहिटीकाे विषयलाई लिएर प्रधानमन्त्री देउवाले दिए पर्यटनमन्त्री आलेलाई बधाई

काठमाडौं । नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोकेर राम्रो काम गरेको भन्दैप्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेलाई बधाई दिएका छन् ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा आलेले रोक लगाएपछि देउवाले आलेको प्रशंसा समेत गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले संग्रहालयभित्र बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड अर्गनाइजेसनलाई रेस्टुरेन्ट चलाउन दिने निर्णय गरेको थियो ।

दरबार संग्रहालयलाई व्यापारमा लगाउन लागिएको भन्दै चौतर्फी विरोध भएपछि सोमबार पर्यटनमन्त्री आलेले त्यससम्बन्धी निर्णय कार्यान्वयन गर्न रोक्न लगाएका थिए ।

ओली सरकारले नारायणहिटीभित्र क्याफ्टेरिया चलाउन दिने प्रक्रिया सेटिङका आधारमा गरेको पर्यटन मन्त्रालयले बताएको छ ।

बतास अर्गनाइजेसनअन्तर्गतका बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटेल आनन्द प्रालि र बतास एसोसिएट्स मात्र प्राविधिक रूपमा टेन्डरमा योग्य हुने गरी टेन्डरसम्बन्धी कागजपत्र बनाइएको स्रोतको दावी छ ।

तीन कम्पनीमध्ये धेरै भाडा कबोल गर्ने बिपिएसले गत वर्ष पुसमा ठेक्का पाएको थियो । भारतले बनाइदिएको पशुपतिको धर्मशाला पनि होटेल चलाउन बतासलाई लिजमा दिइएको थियो ।

व्यापारिक घराना बतास अर्गनाइजेसनले पहुँचका आधारमा विभिन्न सरकारी सम्पत्ति लिजमा लिएर व्यापार गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.