भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कांग्रेस कैलाली जिल्ला अधिवेशन तात्दै

कांग्रेस कैलाली जिल्ला अधिवेशन तात्दै

धनगडी । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन माघ १६ गतेको मिति तय भएसँगै चुनावी चहलपहल ह्वातै बढेको छ। अधिवेशन नभएका १६ जिल्लामा आगामी माघ १६ गतेको मिति तय गरेसँगै सेलाएको कैलालीको चुनावी माहोल एकाएक बढेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले मिति तय गरेपछि बाँकी जिल्लाका अधिवेशन पुन हुन थालेका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी र नवराज रावलले दावी गरेका छन् ।

संस्थापन बाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । सभापतिका आकांक्षीहरूले अहिले वडा तथा पालिका र क्षेत्र स्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन्।

उप सभापतिमा दुई पदका लागि अर्जुन देउवा, प्रकाश देउवा, लोकराज पाण्डे आगो, रामप्रसाद चौधरी र तेजशंकर भट्टको चर्चा चलिरहेको छ ।

जिल्ला सचिवमा युवा नेता केशव मिश्र, अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, अमृत बिसी, कृष्ण पाण्डे र थर्क शाहले आ–आफ्नो उम्मेदवारी दावी गरेका छन्।

एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन्। १३ स्थानीय तह रहेको कैलालीमा ६ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका छन्।

गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुनेछन् भने नगरपालिकामा एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुनेछन्। उपमहानगरपालिकाबाट दुई महिलासहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुनेछन्।

 


Thali Mobile Pvt.Ltd.