भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कांग्रेस कैलाली जिल्ला अधिवेशन तात्दै

कांग्रेस कैलाली जिल्ला अधिवेशन तात्दै

धनगडी । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन माघ १६ गतेको मिति तय भएसँगै चुनावी चहलपहल ह्वातै बढेको छ। अधिवेशन नभएका १६ जिल्लामा आगामी माघ १६ गतेको मिति तय गरेसँगै सेलाएको कैलालीको चुनावी माहोल एकाएक बढेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले मिति तय गरेपछि बाँकी जिल्लाका अधिवेशन पुन हुन थालेका छन् । जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी र नवराज रावलले दावी गरेका छन् ।

संस्थापन बाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । सभापतिका आकांक्षीहरूले अहिले वडा तथा पालिका र क्षेत्र स्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन्।

उप सभापतिमा दुई पदका लागि अर्जुन देउवा, प्रकाश देउवा, लोकराज पाण्डे आगो, रामप्रसाद चौधरी र तेजशंकर भट्टको चर्चा चलिरहेको छ ।

जिल्ला सचिवमा युवा नेता केशव मिश्र, अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, अमृत बिसी, कृष्ण पाण्डे र थर्क शाहले आ–आफ्नो उम्मेदवारी दावी गरेका छन्।

एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन्। १३ स्थानीय तह रहेको कैलालीमा ६ गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका छन्।

गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुनेछन् भने नगरपालिकामा एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुनेछन्। उपमहानगरपालिकाबाट दुई महिलासहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुनेछन्।

 


Thali Mobile Pvt.Ltd.