भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

निजी कलेजको पक्षमा उभियो संसदीय समिति, जसको मापदण्ड नै पुगेको छैन

निजी कलेजको पक्षमा उभियो संसदीय समिति, जसको मापदण्ड नै पुगेको छैन

निजी कलेजको पक्षमा उभियो संसदीय समिति, जसको मापदण्ड नै पुगेको छै
काठमाडौं । मापदण्ड नै नपुगेका कलेजहरुलाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिन संसदीय समितिले
सुटुक्क शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २ माघमा शिक्षामन्त्रीलाई सम्बोधन गरेर पत्र पठाएको हो । जसमा चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड नै नपुगेका कलेजमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिन निर्देशन दिइएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि २५ पुसको बैठकमा छलफल भएर भएको निर्णय भनेर ५ वटा बुँदा राखिएको छ ।

चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शैय्याको आफ्नै अस्पताल हुनुपर्ने मापदण्ड छ । फागुन २०७५ देखि लागू भएको ऐनको दफा ४४ १ मा भनिएको छ, ‘‘आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको २ वर्षभित्र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार अस्पताल सञ्चालन गर्नुपर्ने हुन्छ ।’

चिकित्सा शिक्षा आयोगले ऐनअनुसार २०७७ फागुनसम्म आफ्नै अस्पताल सञ्चालन गरेका र सबै मापदण्ड पूरा भएकाहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गर्‍यो । मापदण्ड पूरा नभएका कलेजको कारण ६६ वटा कलेजमा नर्सिङ कार्यक्रम बन्द भएको छ ।

 


Thali Mobile Pvt.Ltd.