२९ जेठ २०७७ काठमाडाैं । सरकारले लकडाउन खुकुलो बनाउँदै सरकारी कार्यालय र निजी सवारीसाधनसहित २१ प्रकारका क्षेत्र खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यी क्षेत्र खुलाउने निर्णय भएको जानकारी दिए ।
निजी क्लिनिकसहित स्वास्थ्यसँग जोडिएका सबै क्षेत्र, कृषि तथा पशुपक्षी व्यवसायको उत्पादन र बिक्री–वितरण, सपिङ मलबाहेकका उद्योग, व्यापार, डिपार्टमेन्ट स्टोर, पसलहरू छन् । सबै प्रकारका ढुवानी सेवा, भिडभाड नगरी व्यक्तिहरूको पैदल आवागमन, एकजना मात्र सवार हुन पाउने गरी साइकल र मोटरसाइकल, उपत्यकाभित्र र अन्य जिल्लाहरूमा जिल्लाभित्र आवातजावत गर्न पाउने गरी जोर–बिजोर प्रणालीका आधारमा सवारीचालकबाहेक दुईजना यात्रुहरू राखेर निजी सवारी सञ्चालन गर्न पाइनेछ ।
फोहोरमैला व्यवस्थापनसँग जोडिएको काम र क्षेत्र, विद्युत्, दमकल, हुलाक सेवा, बैंक, सहकारी तथा वित्तीय संस्थाहरू, नर्सरी तथा वनजन्य उद्योग, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनासहित विकास आयोजनाहरू रहेका छन् । जलविद्युत् र पूर्वाधार विकासका सबै आयोजनाहरू सञ्चालन गर्न पाइनेछ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/2556947167904216/
रेस्टुरेन्टको प्याकिङ सेवा, क्वारेन्टाइनका लागि तोकिएका होटेल र उनीहरूले सञ्चालन गर्ने यातायातका सवारीसाधन छन् । सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरू, गैरसरकारी संस्थाका कार्यालयहरूमा भौतिक दूरी कायम हुने गरी तथा भिडभाड नहुने गरी दुई सिफ्टमा सञ्चालन गर्ने सरकारको निर्णय छ । १ असारबाट लागू हुनेगरी ती कार्यालयहरू बिहान ८ देखि १ बजेसम्म पहिलो सिफ्ट तथा १ देखि ६ बजेसम्म दोस्रो सिफट्मा सञ्चालन हुनेछन् ।
निजी सेवा प्रदायक कार्यालय, उद्योगहरूले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सिटको लहरमा एक सिटमा एकजना राखेर सवारीसाधनलाई निसंक्रमित बनाएर सञ्चालन गर्न सक्नेछन् । संक्रमण जोखिमको अवस्था र परिस्थितिको मूल्यांकन गरेर सरकारले अहिले जारी आदेशअनुसारको निर्णयमा सरकारले हेरफेर गर्न सक्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ जना पर्यटकले ज्यान गुमाएका छन् । गएको वैशाखदेखि अहिलेसम्म नौ विदेशी तथा दुई जना नेपाली पर्यटकको लेक लागेर...
काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा...
एजेन्सी । टिकटकले सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल घोषणा गरेको हो । सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित...
काठमाण्डौ । जातीय विभेद गरिएको घटनाका पीडित परिवारले सिराह प्रहरीमा जाहेरी दिएका छन् । सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा पीडित परिवारका दिपक मल्लिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको...