भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जीत

स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जीत

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले बेटिसमाथि सहज जीत निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले बेटिसलाई २ – ० गोलले हरायो ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको खेल गएरातिदेखि बन्द रंगशालामा खेलाउन शुरू गरिएको हो ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा सेभिल्लाले २ गोल गर्न सफल भयो ।

सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरेका हुन्।

जीतपछि सेभिल्ला २८ खेलबाट ५० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.