भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नियम विपरित आउने जुनसुकै कार्य हाम्राे वडाबाट हुन सक्दैन, सेवा प्रवाहमा सेवाग्राही खुसी छन्ः अध्यक्ष त्यात

नियम विपरित आउने जुनसुकै कार्य हाम्राे वडाबाट हुन सक्दैन, सेवा प्रवाहमा सेवाग्राही खुसी छन्ः अध्यक्ष त्यात

जप्रतिनिधिले जनताको चाहना र समुदायको हितमा काम गरेका छन् कि छैनन् ? अनि जनप्रतिनिधिले भोग्न परेका अप्ठ्याराहरु के छन् ? निर्वाचित भएपछि हालसम्म गरेका कार्यसम्पादन के छन् ? भन्ने विषयमा केन्द्रीत रहेर चाँगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातसंग कुराकानी गरेका छौं । नेपाल मजदुर किसान पार्टीको तर्फबाट त्यातलगायत कमला भारती, सुमित्रा दर्जी, विद्यापती प्वार थापा, रविन वासुकलाको प्यानल नै निर्वाचित भएको हो । निर्वाचित जनताको प्रतिनिधि कस्तो हुनुपर्छ भनेर कैलाश खबरकर्मी विनोद विश्वकर्माले अध्यक्ष त्यातसंग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छः सम्पादक

जननिर्वाचित भएपछि तपाईंकाे टिमले अहिलेसम्म के के गर्‍याे ?
नेपाल मजदुर किसान पार्टीको तर्फबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट चाँगुनारायण नगरपालिका वडा नं. ९ मा नेपाल माजुर किसान पार्टीको तर्फबाट हामी निर्वाचित भएका हौं ।

पाँचै जनाको टिम निर्वाचित भइसकेपछि हामीले पहिलो बैठकमै ताँथली स्वास्थ्य चौकीबाट जेष्ठनागरिकका लागि निःशुल्क ल्याव परिक्षण गर्ने निर्णय गर्‍यौं । अहिले ल्याव परिक्षण निःशुल्क रुपमा हुदै आइरहेको छ । अन्य नागरिकलाई सहुलियत दरमा ल्याव परिक्षण गरिन्छ ।

शिक्षामा गुणस्तरीयता राख्न कस्ता कार्यहरु गर्नुभएको छ ?
हाम्रो वडामा चार वटा विद्यालय छन् । चारै वटा विद्यालयमा शैक्षिक सुधार गर्नुपर्छ भनेर समानुपतिक रुपमा १० लाखका दरले बजेट विनियोजन गरेका छौं । विद्यालयले वातावरण अनुसार खेलकुदका सामग्री, बालोद्यानका लागि चाहिने सामग्री, अन्य विविध सामाग्री खरिदका काम गरेका छन् ।

चार वटा सामुदायिक विद्यालय मध्ये देवि मा.वि. मा भने १२ कक्षासम्म सञ्चालन भइरहेको छ । गणेश मा.वि. १० कक्षासम्म र दक्षिणकाली विद्यालय पहिला थियो अहिले बन्द भएको अवस्था छ ।

फैढाेका आधारभुत विद्यालय ७ कक्षासम्म सञ्चालन छ । डाडापाटी आधारभुत विद्यालय पनि सञ्चालनमा छ । पहिले भन्दा अहिले शिक्षाको स्तर राम्रो छ । अझ त्यसलाई पनि सुधार गर्नुपर्छ भनेर हामी निरन्तर लागिरहेका छौं ।

ताँथली–नाला सडकबारे यहाँलाई केही जानकारी छ ?
भौतिक पुर्वाधारको कुरा गर्दा हाम्रो मुख्य सडक २०७९ सालमै कालोपत्रे सम्पन्न गर्नुपर्ने थियो । तर, भक्तपुर ताँथली– नाला सडक ठेकेदारले समयमै काम नगरिदिँदा अहिलेसम्म अप्ठेरो अवस्था छ ।

ठेकेदारको लापरबाहीका कारण यो वडाको बाटो पनि कालोपत्रे भएको छैन । छिटो भन्दा छिटो बाटो सुधार गर्न भनेर हामीले ठेकेदार कम्पनीलाई ताकेता गरेका छौं । तर भित्रि सडकमा हाम्रो बजेटले भ्याएसम्म पक्कि सडक निर्माण गर्दै आएका छौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

वडामा स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
जिल्लाकै सर्वोत्कृष्ट ताँथली स्वास्थ्य चौकि बन्न सफल भएको छ । न्यूनतम मापदण्डको मुल्याङ्कनका आधारमा सर्वोत्कृष्ट बनेको हो । जिल्ला स्वास्थ्य कार्यालयले पनि हामीलाई पुरस्कृत गरेको छ । जनताको स्वास्थ्यलाई ध्यान दिएर हामीले काम गरिरहेका छौं । त्यही अनुसारको सेवा सुविधा दिइरहेका छौं ।

वर्षातको समय छ, सम्भावित विपद् जोखिम्बाट बचाउँन पूर्व तयारी के छ ?
अहिले धेरै ठाउँमा पहिरो जाने सम्भावना छ । त्यसका लागि हामीले विपद् पुर्व तयारीका कामहरु गरिरहेका छौं । नगरपालिकासंग समन्वय गरिरहेका छौं । विपदबाट बच्नका लागि हामीले आवश्यक तयारी गरेका छौं । उपलब्ध स्रोत साधनलाई तयारी अवस्थामा नै राखेर थप कुराहरुका लागि नगरपालिकालाई घचघच्याई रहेका छौं ।

देशमा भ्रष्टाचार मौलाइरहेका बेला वडामा न्युनिकरण गर्न के गर्नु भएको छ ?
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि हामी निर्वाचित भएका थियौं । त्यतिबेला पनि हामीले भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएका थियौं । चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका घोषणा गर्नुपर्छ भनेर आवाज हामीले उठाएका थियौं । मेयर-उपमेयर लगाएत अन्य वडा अध्यक्षहरुले त्यसबारे बोल्न चाहनु भएन ।

मौन बसिदिनु भयो । त्यति हुँदाहुँदै पनि हामीले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउन नसके पनि वडा नं.९ लाई भ्रष्टाचारमुक्त वडा बनाउँने निर्णय गरेका थियौं । र त्यही अनुसार हामी अगाडि बढिरहेका छौं । विगतका पाँच वर्षको प्रतिफल स्वरुप २०७९ सालको स्थानीय तह निर्वाचनमा जनताले हामीलाई विश्वास गरेर निर्वाचित गर्नुभयो ।

अहिले पनि हामीले चाँगुनारायण नगरपालिका वडा नं. ९ लाई भ्रष्टाचारमुक्त वडा बनाउन सफल हुन्छौं । वडा मात्रै होइन, नगरपालिकालाई नै भ्रष्टाचारमुक्त नगरपालिका बनाउनु पर्छ भनेर हामीले बारमबार आवाज उठाइरहेका छौं ।

चाँगुनारायण नगरपालिका वडा नं ९ को फरक विशेषता के हो ?
वडा नं. ९ मा कुनै पनि सेवाग्राहीले दुःख पाउँदैन । सेवा प्रवाहमा सेवाग्राहीलाई दुःख दिने नियत कसैले राख्दैन । नियमसंगत आएका काम सहजै हुने गरेका छन् । एन, नियम विपरित आउने जुनसुकै कार्य यस वडाबाट हुन सक्दैन ।

यसरी हामीले अरु वडाभन्दा फरक कार्य सम्पादन गरिरहेका छौं । केही दिन अघि हामी मालपोत कार्यालय जाँदा तपाईहरुले गरेको काम एकदम राम्रो छ भन्ने कुरा पनि सुन्न पायौं । जनस्तरबाट हामीले गरेका कामको मुल्यांकन र प्रसंसा गरेको पाउँर्दा हामीलाई गौरव महसुश हुन्छ ।

समग्रमा भन्नु पर्दा जनप्रतिनिधि कस्तो हुनुपर्छ ?
जनप्रतिनिधि जनताको सुःख, दुःखमा साथदिने हुनुपर्छ । नेपालमा त्यसो नभइ कतिपय ठूला भनाउँदा दलका नेता, कार्यकर्ताले जसरी पनि कमाउँ भन्ने धन्दा गरिरहेका कारण जनताले सबै यस्तै हुन कि भन्ने भ्रम छ । त्यस्तो कार्य हामीले विल्कुल गर्नु हुँदैन ।

त्यस्तो जनप्रतिनिधि जनप्रतिनिधि हुनै सक्दैन । र हुन पनि दिनु हुदैन भन्ने लाग्छ । त्यसकारण जनताको सुःख र दुःखमा साथदिने, जनताप्रति उत्तरदायी जनप्रतिनिधि नै जनताको जनप्रतिनिधि हो भन्ने लाग्छ । आगामी दिनमा जनताले यस्तै कुराको मध्यनजर गरी जनप्रतिनिधि छान्नु पर्छ भन्ने लाग्छ ।

तपाईं जनताका कामलाई कति समय दिनुहुन्छ ?
बिहानदेखि बेलुकासम्म जनताकै सेवामा हुन्छौं । आफ्नो अत्यन्त जरुरी व्यक्तिगत काममा बाहेक प्रायः जनताकै सेवामा खटिरहेको हुन्छु । आजकै कुरा गर्नुपर्दा राति पानी परेर जनताको घरमा, टहरामा पस्यो भन्ने खबर सुन्दा म तुरुन्तै घर घरमा गएर समस्या समाधान तर्फ केन्द्रीत हुन सके । हामी ३÷४ जना मिलेर कुलो खनेपछि सबै खुसी भए । समस्या पनि समाधान भयो ।

वडाको फोहोरलाई कसरी व्यवस्थापन गरीराख्नु भएको छ ?
हामीले हाम्रो वडाको फोहोर उठाउने र फोहोरको व्यवस्थापन गर्ने जिम्मा हामीलाई दिनुहोस् भनेर नगरपालिकालाई अघिल्लो कार्यकालमै भनेका थियौं । तर हाम्रो कुराको सुनुवाई भएन । त्यसको जिम्मा निजि संस्थालाई दिइयो । जसका कारण हप्तामा दुई दिन मात्र संस्थाले फोहोर उठाउने काम गर्छ ।

सम्पुर्ण वडाको फोहोर निजि संस्थाले उठाउन सकिरहेको छैन । सदस्य नबनेका घरपरिवारले जथाभावि फोहोर फाल्ने गरेको देखिन्छ । त्यसलाई निरुत्साहित गर्नुपर्छ भनेर तीन महिना अगाडि हामीले एउटा निर्णय ग¥यौं । जेठ र असारको पुर्ण रुपमा हामीले निःशुल्क रुपमा फोहोर उठाउने भनेर एउटा संस्थासंग सम्झौता ग¥यौं ।

सोही अनुसार हामीले दुई महिना निःशुल्क फोहोर उठायौं । त्यति गर्दा नि निजि संस्थाले फोहोर उठाउन सकिरहेको छैन । साउन १ गते देखि अनिवार्य रुपमा वडाबासीहरुलाई सदस्य बनाउने र कम शुल्कमा फोहोर उठाउनेबारे छलफल अगाडि बढाएका छौं ।

अबका दिनमा कुहिने फोहोर घरमा व्यवस्थापन गर्न र नकुहिने फोहोर मात्र संकलन गर्न आउने गाडीमा दिएर टोल, बस्ती, खोलानाला सबै सफा राख्नका लागि वडाबासीसंग अपिल गरेका छौं । अभिमुखिकरण पनि त्यत्तिकै आवश्यक छ । सम्पुर्ण वडाबासीलाई हामीले यसरी नै फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर सिकाउन जरुरी छ ।

प्लाष्टिकका झोलाहरुको प्रयोग नगरौं, पुनः प्रयोग गर्न मिल्ने झोलाहरु मात्र प्रयोग गरौं । हाम्रो वडाबाट गएको आर्थिक वर्षमा मात्र १ करोड ४१ लाख राजस्व उठाएर हामीले नगरपालिकालाई दियौं । अरु ठुल्ठुला उद्योग व्यवसायीहरुबाट उठ्ने कर सिधै नगरपालिकामा बुझाँउछन् ।

त्यो हिसाब गर्ने हो भने हाम्रै वडाबाट अढाइ करोड राजस्व उठ्ने सम्भावना छ । अढाइ करोड राजस्व उठ्ने ठाउँमा ५०÷६० लाख वडालाई दिन नसकिने कुरा होइन, तर नगरपालिकाले दिन चाहेको छैन । त्यो दिने हो भने फोहोर व्यवस्थापन गर्न सहजै हुनेछ । फेरि यो नमुना वडा बन्ला भन्ने नगरलाई चिन्ता पो हो कि ? भन्ने भान भइरहेको छ ।

नगरले विकासे आयोजनाका कार्यहरु कसरी गरिरहेको छ ?
विकास निर्माणका योजनाहरु आफ्ना आफ्ना कार्यकर्ताहरुलाई दिने परिपाटी भएकाले नगरको समग्र विकास तपाईं आफैले देखिरहनु भएको छ । फेरी ति कार्यकर्ताले काम सम्पन्न भएको ठाँउमा पनि फेरि बजेट दिएको हामीले देखिरहेका छौं । यसरी नीति नियम बेगर हामीले कुनैपनि योजना गर्न दिँदैनौं भनेर आवाज उठायौं ।

अहिले भक्तपुर नगरपालिकालाई उत्तर कोरिया भन्ने गरिन्छ त्यसै गरी चाँगुनारायण नगरपालिका वडा नं. ९ लाई पनि त्यही नजरले हेर्ने उहाँहरुको दृष्टिकोण रहेछ । विगतमा एकजना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गइसकेपछि मलाई फोन गरेर भन्नु भयो । तपाईंहरुको नीति, सोच, बिचार एकदम् राम्रो छ । तर त्यहाँ गर्नै नदिने रहेछन् ।

मैले २/४ महिनाको अनुभवले यहि पाएँ सर तर, राम्रो काम गर्नुहोला, राम्रो गरिरहनु भएको छ । तर तपाईंहरुको कुरा यहाँ लागु भइरहेको छैन । उहाँको ले पनि यस्तो महसुस गर्नु भएको रहेछ । अहिले आउनुभएको अधिकृतले पनि तपाईंहरुको अध्ययन र काम प्रति हामी प्रभावित छौं । तर तपाईंहरुले भनेको काम गर्न दवाव दिने रहेछन् ।

हालसालैको एउटा उदाहरण । जेठको अन्तिम तीर सडक बोर्डबाट थप बजेट भनेर ४५ लाख रकम नगरमा आयो । जुन बजेट चाँगुनारायण नगरपालिका वडा नं. ९ का केही व्यक्तिहरुले आफ्नो पहलमा ल्याएको हो भनेर भन्ने गरेका रहेछन् । जुन कुरा हाम्रो कार्यपालिकाले २६ गतेको कार्यपालिका बैठकमा ४५ लाख बजेट कहाँबाट कसरी आयो भन्ने प्रष्ट पारिएको थियो ।

९ नं. वडाबासीहरुले पहल गरेर त्यो बजेट आएको हो भनेर मेयर सावले भनिसकेपछि अन्य वडाध्यक्ष मौन भए । मैले चाँगुनारायण नगरपालिका वडा नं. ९ मा नै खर्च गर्नुपर्छ भनेँ । त्यो दिन निर्णय हुन्छ भन्ने आशा ग¥यौं । तर माइनट लिखित भएन । पछि जब माइनट प्रमाणित भएर आयो वडा नं. ९ एकाटोल सडक र वडा नं. ७ को पगरीटोल सडक निर्माण गर्ने भनेर कार्र्यपालिकाको निर्णय हामीलाई प्राप्त भयो ।

त्यो अनुुसार हामीले ठिकै छ, हाम्रै नगरको विकास हुने हो भनेर चुप लागेर बस्यौं । त्यति हुँदा हुँदै पनि हाम्रो चाँगुनारायण नगरपालिका वडा नं. ९ मा हुने बजेटको काम उपभोक्ता समिति गठन गर्न हामीलाई परिपत्र गरेन । जुन बजेट हामीले ल्याएको हो भन्ने समुहलाई नै उपभोक्ता समिति बेगर त्यहाँ काम गर्न दिइयो ।

त्यो कुरा मलाई रीपोर्टीङ भयो र मैले प्रमुख प्रशासकीय अधिकृतलाई यसो भइरहेको छ भनेर जानकारी गराएँ । उहाँले त्यस्तो भएको छैन अध्यक्ष ज्यू भन्नुभयो । हामी चुप लागेरै बस्यौं । त्यो कुरा हाकिम सावलाई थाहा नभएको जानकारी गराउनु भयो । काम सम्पन्न भइसकेपछि त्यो काम गर्ने मध्येका एकजना वडा कार्यालयमा आएर उपभोक्ता समिति गठन गर्नुप¥यो भन्नुभयो ।

मैले कामै सम्पन्न भइसकेपछि उपभोक्ता समिति किन गठन गर्नुप¥यो ? यो त गलत काम भयो र उल्टो काम भयो भने । उपभोक्ता समिति त पहिला गठन गर्नुपथ्र्यो, स्टमेट हुनुपथ्र्यो त्यसपछि पो काम हुनुपर्ने हो नि ? यो त तपाईंले काम पहिला सम्पन्न गरेर उपभोक्ता समिति गठन गर्ने यो त राम्रो काम भएन ।

यो काम म गर्न पनि सक्दिनँ भनेर मैँले फर्काइसके पछि उहाँले फेरी नगरपालिकामा गएर असार २० गते उपभोक्ता समिति गठन गर्न असार ५ गतेको पत्र ल्याउनुभयो । मैले त्यहि दिनमा सार्वजनिक सुचाना जारी गरेर २१ गते हामीले उपभोक्ता समिति गठन गरेर पठायौं ।

पठाइसकेपछि कुनै स्टमेट बिना त्यो पहिला गरेको कामलाई फरफारक गर्न जुन उपभोक्ता समिति लाग्नुभयो त्यसको मैले अहिले सम्म विरोध गरिरहेको अवस्था छ । यसरी मेयरसंगको मिलेमतोमा काम गरिरहेको मलाई अनुभव भइरहेको छ । वास्तविकता के हो ? त्यो कुरा बाहिर आउँनुपर्छ र जनताले थाहा पाउनु पर्छ भन्ने कुरा हाम्रो हो ।

डेंगुबाट बच्न के कस्तो तयारी गर्नु भएको छ ?
डेंगुको विषयमा हामीले अभिमुखिकरण तालिमका कार्यक्रम सञ्चालन गरिसकेका छौं । स्वास्थ्य संयमसेविका, आमा समुह, विद्यालयका प्रअ, स्थानीय, नागरिक समाज लगायत सबैसहभागितामा तालिम सम्पन्न गर्‍यौं । विभिन्न टोलमा खोज र नष्ट गर भन्ने अभियानलाई सञ्चालन गर्‍यौं ।

टोल टोलमा जिम्मा दिइसकेका छौ । वडा समितिले पनि त्यो अनुसारको वैठक बसेर हरेक टोलमा खटिएको अवस्था छ । डेंगुबाट बच्ने एक मात्र उपाए भनेको सरसफाइ हुन जरुरी छ । आ–आफ्नो घर आँगन सरसफाई र खाल्डा खुल्डीमा पानी जम्न नदिने तथा खोज र नष्ट अभियानलाई तिब्रता दिने गर्नुपर्छ ।

समय र विचारका लागि यहाँलाई धन्यवाद ।
मेरो विचारलाई सबैकहाँ पुर्‍याइदिनु भयो । त्यसको लागि तपाईंलाई पनि धन्यवाद ।

 


Thali Mobile Pvt.Ltd.