निर्वाचनको मुखमा मतदाता काम खोज्दै भारत प्रस्थान

निर्वाचनको मुखमा मतदाता काम खोज्दै भारत प्रस्थान

कञ्चनपुर । लालझाडी गाउँपालिका–३ का मतदाता काम खोज्दै भारत प्रस्थान गरेका छन् । चौधरी समुदायका अधिकाँश मतदाता कञ्चनपुरको गड्डाचौकी नाकामा भेटिए ।‘भोट हालेर के हुन्छ ? नेता मात्रै बन्ने हुन हाम्रो पेट रित्तै हुन्छ त्यसैले काम खोज्न हिडेको भन्छन् उनीहरु ।

मन्त्री बन्छन्, रोजगारी उनकै आसेपासेले पाउँछन् । हाम्रो गुजारा मजदुरी नगरे चल्दैन लक्ष्मन चौधरीले गुनासो पोखे । गड्डाचौकी नाकामै भेटिए चाडपर्व मनाएर रोजगारीका लागि पुनःभारत तिर लागेका धेरै मतदाता । काम खोज्न भारत जानलागेको उनीहरु बताउँछन् ।

निर्वाचनका बेला दलहरूका घोषणा पत्रमा रोजगारीका कुरा हुनु तर ती घोषणापत्र अनुसारको काम नहुनुले युवाहरूमा वितिष्णा बढीरहेको गुनासो मतदाताको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलका उम्मेदवारहरू स्वदेशमै रोजगारी दिने एजेन्डासहित मतदाताको घरदैलोमा पुगेका छन् ।

सबै दलहरूका घोषणा–पत्रमा स्वदेशमै लाखौ युवाहरूलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । तर नाकाहरुमा विदेशीने मतदाताको लस्करले पर्ने फरक धारणाको विकास गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.