भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

निर्वाचन आयोगः महिलाका विषयमा दिएको अभिव्यक्ति के हो स्थापित ?

निर्वाचन आयोगः महिलाका विषयमा दिएको अभिव्यक्ति के हो स्थापित ?

काठमाडौं । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले एक पत्र पठाएर स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्ति के हो ? भनेर आयोगले केशव स्थापितसँग स्पष्टीकरण मागेको हो ।

चौबीस घण्टाभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाले भनेको छ । केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा

प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको सहसचिव यज्ञ भट्टराईले बताए ।  एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठिक भएन’ भन्ने

जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका छन् । पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.