काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउनेलाई लखेटेको छ । अभियानमा रोक लगाउदै सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै लखेटेको हो ।
अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । नगर प्रहरी पठाएर खाना वितरण गर्नेलाई लखेट्न लगाएको हो ।
सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरण गर्नेलाई लखेटेको हो । सार्वजनिक स्थलमा खाना वितरण गर्दा मेयरको बेईज्जत भएको भन्दै कडारुपमा उत्रिनु परेको नगरप्रहरीको भनाई छ । खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
