भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

मार्तडी । जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ ।

निषेधाज्ञामा सवारी साधनलाई अनुमती बिना चलाउन नपाइने प्रशासनको निर्णयलाई अवज्ञा गर्दैसदरमुकाम मार्तडीको बाउली खोलाबाट कोल्टीसम्मका जीपहरु चल्ने गरेका छन् । जीप व्यवसायीहरुले काठमाडौँलगायतका शहरबाट भएका यात्रुलाई दोब्बर भाडा असुल्दै जीप चलाउने गरेका छन् ।

काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक मृत्यु हुने दर नरोकिएपछि जिल्लामा आएका करीब २० जनाको टोलीलाई मार्तडीबाट पाण्डुसैनसम्म रु एक हजार ५०० र मार्तडी–कोल्टीका लागि रु दुई हजार भाडा लिएको जीपमा सवार भएका शम्भु रोकायाले गुनासो गर्नु भएको छ । उहाँले काठमाडौँमा कोरोना भाइरसको सङ्क्रमण बढेकाले क्याम्पस तथा विद्यालयहरु बन्द भएपछि घर आएको र घर जानुपर्ने बाध्यता भएकाले जीप व्यवसायीहरुले त्यही मौका पारेर बढी भाडा लिएको रोकायाले बताउनुभयो ।

जीप व्यवसायीहरुले पटक पटक विभिन्न समयमा मौका पारेर भाडा दोब्बर असुल्ने गरेको सर्वसाधारणले आरोप लगाउँदै आएका छन् । जीप व्यवसायीहरुले जिल्लामा अनुमति बिना सवारी साधन सञ्चालन गरेर यात्रु ओसारपसार गर्दै आएका भएपनि स्थानीय प्रशासन र सुरक्षा निकाय मौन रहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले महामारीका बेला अनुमती बिना जिल्ला आउने र जिल्लामा सवारी साधन सञ्चालन गर्नेलाई कानूनी कारबाही गर्ने बताउनु भएको छ । उहाँले गैरकानूनी रुपमा मनोमानी भाडा लिने र अनुमती बिना सवारी चलाउनेलाई प्रहरी नियन्त्रणमा लिई सङ्क्रमण ऐन २०२० अनुसार कानूनी कारबाही गर्ने राससलाई जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.