भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

रोल्पा । त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २ मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो । अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो ।

रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गरिएको थियो । नगद तथा जिन्सी सामान राहतस्वरुप सङ्कलन गरी अग्निपीडितलाई प्रदान गरिएको अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडाँैका सहसंयोजक ईश्वरी जिएमले जानकारी दिनुभयो । सोही अवसरमा गोरखा पब्लिक हस्पिटल दाङले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

गोरखा ग्रुप र रिडी ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयोग समिति रोल्पा–काठमाडौँका संयोजक मानबहादुर बुढा, सहयोग समितिका सहसंयोजक तथा राप्ती समाज युकेका सहकोषाध्यक्ष हरि बुढामगरको विशेष पहलमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग सङ्कलन गरिएको थियो । आगलागीका कारण सबै समान जलेर नष्ट भएपछि दैनिकी चलाउन मुस्किल भएका बेला पाएको सहयोगले आफूहरुलाई राहत मिलेकोे अग्निपीडित पार्वती सेनले बताउनुभयो ।

बस्ती नजिकैबाट सल्किएको आगलागीबाट चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वुर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट ३७ परिवारका १७० जना प्रभावित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.