भर्खरै : Sorry, your browser does not support inline SVG.

निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठकर, साढे तीन वर्ष कैद सजाय

निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठकर, साढे तीन वर्ष कैद सजाय

बागलुङ । निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषध मुद्दामा दोषी ठकर भएका छन् । उनलाई साढे तीन वर्ष कैद सजाय हुने भएको छ । लागुऔषध गाँजा सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उनलाई सजाय हुने भएको हो । उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ ।

आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप रु ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले बताए । २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बागलुङले कैद फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए ।हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।

 


Thali Mobile Pvt.Ltd.