भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘हावा बाहेक केही छैन’: नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी

‘हावा बाहेक केही छैन’: नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्र भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको जिकिर गरे ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको बताए । नेपाली काँग्रेसको सरकार लाचार सरकार भएको दावी गरे । स्कटिङ्ग दिएर एउटा सहायक मन्त्री आउँदा कस्तो कार्य गरेको भन्दै कहाँ घुम्न जादा हुने कहाँ जादा नहुने भनेर बुझ्नु पर्ने ।

छिमेकि सम्बन्ध यो सरकारले नबुझेको बताए । सत्ता लिप्साले भरिएको यो सत्ता गठबन्धन स्वाधिन्ताको पक्षमा नरहेको आरोप लगाए । बैठकमा बाेल्दै उनले नीति तथा कार्यक्रममा हावा बाहेक केही नभएकाे ठाेकुवा गरे ।

 


Thali Mobile Pvt.Ltd.