भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

चुनावी परिणामले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्म खेल्ने अवस्थामा पुर्यायाे

चुनावी परिणामले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्म खेल्ने अवस्थामा पुर्यायाे

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को निराशाजनक परिणाम आएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । आगामी दिनमा लेखन, साहित्य सिर्जना र अभिनयलगायत क्षेत्रमा सक्रिय हुने बताउँदै पार्टीबाट राजीनामा दिएको बताए ।

मिश्रको अबको यात्रा कस्तो रहन्छ भनेर सर्वत्र चासो बढेका बेला मिश्रले साहित्य सिर्जना र सिनेमामा अभिनय गर्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुक स्टाटस समेत लेखेका मिश्रले भने, ‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ, साथमा कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला र मन लाग्यो भने सिनेमामा अभिनय गरूँला ।’

बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा उदायका मिश्रले ‘भू–मध्य रेखा’ पुस्तक पनि प्रकाशित गरेका छन् ।राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म पिछडिएका वर्गको हित गर्नु रहेको भन्ने मिश्रले यो उद्देश्य पूर्तिका लागि “विचारभन्दा माथि देश” हुनुपर्ने मान्यता राखेको र त्यसलाई शिरोधार्य गर्दै अगाडि बढ्ने उल्लेख गरेका थिए ।

मिश्रले पार्टीबाट राजीनामा नदिन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि विवेकशील साझा पार्टीका विभिन्न नेता तथा सदस्यले पनि राजीनामा दिइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.