काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । आइतबार पेरिसडाडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाएको हो ।
संसद विघटनलगत्तै नेकपाको बहुमत केन्द्रीय सदस्य बसेर ओलीलाई हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष चुन्ने निर्णय गरेको थियो । स्थायी कमिटीले साधारण सदस्यबाट हटाउनु अघि ओलीलाई स्पष्टीकरण सोधेको थियो ।
तर ओलीले त्यसको जवाफ नदिएपछि नेकपा प्रचण्ड माधव पक्षले निस्काशन गरेको हो । बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ ।
