सुर्खेत । पहिलो चरणमा कर्णाली प्रदेशले साढे ११ हजार जनालाई कोराना विरूद्धको खोप लगाउने भएको छ ।
भारतले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप आइतबार प्रदेशमा पुगेको हो । ११ हजार ७ सय ८० जना फ्रन्टलाइनर्सलाई उक्त खोप लगाउने स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले बताए ।
कोरोना रोकथाममा अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेविका र फोहोर व्यवस्थापकलाई खोप लगाइने छ ।
