भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा जारी

नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा जारी

काठमाडौं । नेकपा (एमाल)को १०औं महाधिवेशको बन्दसत्र सौराहमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुपूर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छलफल रहेका छन् । बन्दसत्रस्थलमा प्रतिनिधिहरु उपस्थित भैइसकेका छन् । महासधिवेशनको उद्धाछन शनिबार चितवनको नारायणी किनारमा भएको थियो ।

सर्वसम्मत नेतृत्व चयनमा कसरत गरेको नेकपा एमालेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछाडी हटेका छैनन् । त्यस्तै नेकपाको ललितपुरमा सम्पन्न विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो पुःन फर्काइएको छ ।

केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यी बनाइएको नेकपा एमालेले जनाएको हो । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा यो गरिएको जनाएको हो ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो ।

१५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.