भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

प्रचण्ड नै देशको उपयुक्त नेता होः झक्कु सुवेदी

काठमाडौं । नेकपा माओवादी पार्टी भित्र अहिले नै अध्यक्ष प्रचण्डको विकल्प खोज्ने बेला नआएको नेता झक्कुप्रसाद सुवेदीले बताएका छन् । पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए ।

आफु दुई दशकदेखि केन्द्रीय सदस्यमा नै रहेको भन्दै प्रचड अध्यक्ष भएको २१ वर्ष भएको जानकारी दिए । अब पार्टीको मात्रै होइन देशको नेतृत्व नै प्रचण्ड हुने बताए । अध्यक्ष प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा कोही नभएको उनको भनाइ छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सुवेदीले पुस भित्रै पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा अघि बढिसकेको र अहिले नेता कार्यकर्ता त्यसैमा केन्द्रित भएको बताए।

उनले भने, ‘पार्टीको यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदैछ । संगठन, सम्पर्क मञ्चको पनि एकैदिन सम्मेलन हुन्छ, पुष ११, १२ र १३ गते हामी राष्ट्रिय सम्मेलन गर्दै छौं । पार्टीले तल्लो तहदेखि प्रचार प्रसारलाई तीब्र पारिएको बताए ।

फरक प्रसंगमा बोल्दै उनले कांग्रेसको महाधिवेशनको बढि चर्चा हुनुको कारण शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको किचलो भएको बताए । समाजको बनोटअनुसार पार्टी बनाउनुपर्ने उनको तर्क छ ।

वडादेखि केन्द्रसम्म त्यहीअनुसार नेतृत्व हुनुपर्ने भन्दै ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित सुनिश्चित हुनु पर्ने बताए । एमालेको १०औं महाधिवेशनलक्षित कुरा गर्दै एमालेमा विचारको भन्दा पनि नेतृत्वको हानाथाप भएको आरोप लगाए । एमालेमा फेरी पनि अध्यक्ष ओली नै हुने दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.