१७ असार २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । एक घण्टा बसेको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेपछि स्थगित भएको हो ।
प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएपछि बैठक एकछिन अलमलिएको एक नेताले बताए ।
प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्यले जानकारी दिए ।
