काठमाडौं । नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आफ्नो तर्फबाट वार कि पार प्रस्ताव पेस गर्ने कार्यसूची बनाएका छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्ताव तयार भइसकेको बताए। प्रचण्डले लगाएको आरोपपत्रको कडारूपमा खण्डन गर्ने उनको भनाइ छ ।
