भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

रुकुममा जन्ती बोकेको जिप दुर्घटना हुदा ४ जनाको मृत्यु, १ घाइते

रुकुममा जन्ती बोकेको जिप दुर्घटना हुदा ४ जनाको मृत्यु, १ घाइते

रुकुम । पश्चिम आठबिसकोट नगरपालिका ८ स्थित जन्ती बोकेको जिप दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको छ ।

आठबसिकोट नगरपालिका–८ दाजे भन्ने ठाउँमा रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा सोही वडाका चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । शुक्रबार राती आठबिसकोट नगरपालिका–८ दाजेबाट सोही नगरपालिका–१० घारीखोला फर्कने क्रममा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा आठबिसकोट–८ का ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको डिएसपी केसीले बताए । दुर्घटनामा सोही ठाउँका ५८ वर्षीय लालबहादुर नेपाली घाइते छन् । उनको अवस्था गम्भीर छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनापछि जिप चालक सोही नगरपालिका–९ का २८ वर्षीय डिल्लीबहादुर नेपाली भने फरार रहेको प्रहरीको भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.