भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार | एप्पलले सार्वजनिक गर्‍यो आईफोन १८ प्रो र प्रो म्याक्स, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार | संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो |

नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने तयारीमा

नेतृत्वका आकांक्षी धेरैभएपछि देउवा र इतर पक्षका नेता सहमति जुटाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन समय नजिकिदै गर्दा स्थापन र इतर पक्षका नेताहरू साझा उम्मेदवार बनाउने प्रयासमा जुटिरहेका छन् । नेतृत्वका आकांक्षी धेरैभएपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल सहमति जुटाउने तयारीमा लागेका छन्। पछिल्लो पटक संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बनाउने प्रयास भएपनि यसको सम्भावना भने न्यून देखिको छ।

वर्तमान सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिने पक्षमा लागेका छन् भने उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवारकै दौडमा छन् । त्यसैगरी पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि प्रतिस्पर्धा मै छन्।

संस्थापन पक्षबाट सभापतिमा तीन जना आकांक्षी देखिएका छन्।यता नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइरालासहितका नेतामाथि नेता तथा कार्यकर्ताको पनि दबाब बढ्दै गएको छ। तर सभापतिका आकांक्षी शशांक, प्रकाशमान, शेखर र सुजाताबीच सहमतिको सम्भावना कमजोर भएको एक नेताले बताए ।

यता १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । महाधिवेशन मिति नसरेमा मंसिर २१ गतेदेखि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया जाँनेछ ।

मंसिर २४ गते महाधिवेशन उद्घाटन गरेर २७ गते नयाँ नेतृत्वका लागि मतदान हुनेछ भने त्यसका लागि आवश्यक तयारी गर्न कांग्रेसले आइतबार केन्द्रीय समितिको बैठक डाकेको छ। आज शनिबार छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको छ।

 


Thali Mobile Pvt.Ltd.