भर्खरै : Sorry, your browser does not support inline SVG.
राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार | एप्पलले सार्वजनिक गर्‍यो आईफोन १८ प्रो र प्रो म्याक्स, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार | संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो |

फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको फाइजर खोप दीर्घरोगीलाई ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका हुन । फाइजर खोपको अभियान कार्तिक २८ गतेदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुँदैछ ।

फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ । खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिका लगाइनेछ ।

खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुईरतीन दिनमा सिटामोल खाएपछि सञ्चो हुने डा सिंहले बताउनुभयो । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

नेपाललाई अमेरिकाले एक लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको जानकारी दिए । उनले आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.