भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

नेपालको कतारमाथि सानदार जीत

नेपालको कतारमाथि सानदार जीत

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा विहिबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा बनाएको हो ।

नेपालले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । जीतका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कतारकी शीर्ष क्रमकी ब्याट्सवुमन एलिना खानले ३३ बलमा तीन चौकासहित सर्वाधिक १९ रन बनाइन् ।

त्यस्तै कप्तान आयशा १४ बलमा एक चौका र एक छक्कासहित १३ रनमा क्याच आउट भइन् भने अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १र१ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले अविजित रहँदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सीताले ७२ बलमा ७ चौका प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् । काजल श्रेष्ठ १२ रनमा आउट भइन् भने सरिता मगर १७ रनमा अविजित रहिन् । कतारकी एञ्जेलिन मारे, साची ढाटवाल र आयशले १र१ विकेट लिइन् ।

आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एशियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलेको हो । छनोट यही मङ्सिर ६ देखि १२ गतेसम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै भोलि दुबई प्रस्थान गर्नेछ । छनोटमा छ टिम सहभागी छन् । नेपालसहित युएई, हङ्कङ, भूटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.