नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ मध्य २६ को मृत्यु (भिडियाे)

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ मध्य २६ को मृत्यु (भिडियाे) image

११ असार २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका ४३४ सहित नेपालमा संक्रमितकोपछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ।

भिडियाे …

https://www.facebook.com/Kailashkhabarnews/videos/706827333212796/

कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ भने हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी रहेको छ।

घट्दै छ क्वारेन्टाइनमा बस्नेको संख्या

कोरोना संक्रमणको फैलावटलाई रोक्ने प्रभावकारी उपाय मध्येको एक हो क्वारेन्टाइन । जहाँ कोरोनाको शंकास्पद व्यक्तिलाई १४ दिनसम्म विशेष निगरानीमा राखिन्छ। कुनै पनि शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारेन्टाइन भनिन्छ ।

तर नेपालमा भने तीनै क्वारेन्टाइन, रोग सर्ने थलो जस्तै बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका ९८ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन । संक्रमण देखिएकामध्ये पनि ९० प्रतिशतभन्दा बढी क्वारेन्टाइनमा नै बसेका व्यक्तिहरु हुन् ।

क्वारेन्टाइन सञ्चालनका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । तर त्यो मापदण्ड कागजमा मात्र सीमित भएको विज्ञहरुको आरोप छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार अधिकांश क्वारेन्टाइन मापदण्ड विपरित सञ्चालित छन् । त्यसैले त, क्वारेन्टाइनबाट नै उल्टै संक्रमणको जोखिम बढीरहेको छ ।

विज्ञहरु भन्छन्, स्वास्थ्य मन्त्रालयले परीक्षण नै नगरी घर पठाउने गलत निर्णय गरेका कारण । मन्त्रालय भन्छ, भारतबाट नेपाल प्रवेश गर्नेको संख्या घटेकाले ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.