भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

नेपालमा खिचिएको भनिएका हिम चितुवाका तस्वीर फोटोसप गरिएको स्वीकार, आफू पत्रकार समेत नभएकाे अभिव्यक्ति

नेपालमा खिचिएको भनिएका हिम चितुवाका तस्वीर फोटोसप गरिएको स्वीकार, आफू पत्रकार समेत नभएकाे अभिव्यक्ति

काठमाडौं । नेपालको हिमालमा हिम चितुवाका शानदार फोटो खिच्ने दाबी गर्ने फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले तस्बिरहरु हेरफेर गरिएको स्वीकार गरेकी छन् । यस अगाडि उनले आफूले नेपाल भ्रमण गरेर हिम चितुवाका फोटो खिचेको दावी गरेकी थिइन् । आफ्नो वेबसाइटमा प्राय सबै तस्वीरहरु फोटोशप र लाइटरुम प्रयोग गरेर सम्पादन तथा प्रशोधन गरिएका कित्तिया पाव्लोभ्स्कीले बताएकी छिन् ।

केही तस्वीरहरु कम्पोजिट रहेको तथा कतिपयलाई हल्का रिटच गरिएको उनले बताएकी छिन् । तस्वीरहरु सम्पादन नगरिएको भनेर कतै नभनेको समेत बताएकी छिन् । आफूलाई ज्यान मार्ने धम्की आएकोले सामाजिक खाताहरू बन्द गरेको उनले बताएकी छिन् । संसारभरका समाचार र मिडियाले आफूले खिचेका तस्बिरहरू चोरेर आफ्नै अर्थसहित प्रकाशित गरेको तथा उनीहरुले आफूलाई तस्वीरहरु सम्पादन गरिएका हुन् होएनन् भनेर समेत नसोधेको उनको भनाई छ ।

कित्तिया पाव्लोभ्स्की भन्छिन्, ‘तिनीहरूले आफ्नै तरिकामा व्याख्या गरे र संसारभर फैलाए । उनीहरूले आफ्ना अनुयायीहरूलाई सम्पादन नगरिएको बताए । यो असत्य हो । म सधैं मेरो तस्वीरहरु सम्पादन गर्छु।’ सेप्टेम्बर र अक्टोबरमा नेपाल भ्रमण गरेर ती फोटो खिचेको तथा सम्पादन गरेर सामाजिक सञ्जालमा फलोअरहरूलाई पोस्ट गरेको उनको भनाई छ ।

यद्यपी २४ वर्षीया अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले आफूले मानिसहरूलाई भ्रमित नगरेको अडान लिएकी छिन् । साथै आफूले कसैसँग माफी माग्नु नपर्ने उनको विश्वास छ । सबै पत्रिकाहरूले आफ्नो मोडेलहरू सम्पादन गर्ने तथा तिनीहरूको हड्डीको संरचना, छाला, कपाल, दाँत परिवर्तन गर्ने उल्लेख गर्दै उनले आफू पत्रकार समेत नभएकाले वास्तविक तस्वीर उपलब्ध गराउन आवश्यक नभएको बताएकी छिन् ।

कैउन उच्च प्रोफाइल मिडिया आउटलेटहरूले उनका भ्रामक फोटोहरू प्रकाशित गरेका थिए, जसमा द टाइम्स अफ लन्डन पनि समावेश छ । पावलोस्कीले आफ्नो वेबसाइटमा आफूले कसरी त्यो यात्राको क्रममा फोटोहरु खिचिन् भनेर लेखेकी समेत थिइन् ।

नको एउटा तस्बिर लन्डनको साची ग्यालेरी वेबसाइटमा पनि सूचीबद्ध गरिएको छ जहाँ पावलोस्कीलाई पृथ्वीको सुन्दरता खिच्न दृश्य कथा कथन प्रयोग गर्ने फोटोग्राफर भनेर वर्णन गरिएको छ। उनको नक्कली फोटोको प्रिन्ट १५६६ डलरमा उपलब्ध छ। तर एक फ्रान्सेली पत्रिकाले ती तस्वीरहरु हेरफेर गरिएको सनसनीपूर्ण खुलासा गरेपछि पावलोस्कीका तस्वीरहरुमा प्रश्नचिन्ह खडा भएको हो ।

 


Thali Mobile Pvt.Ltd.