भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपालमा पर्यटकीय गतिविधि बढ्दै

नेपालमा पर्यटकीय गतिविधि बढ्दै

काठमाण्डौ । विस्तारै नेपालमा पउर्यटकीय गतिविधि बढ्दै गएका छन् । फेब्रुअरी महिनामा मात्रै नेपालमा २० हजार जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ । गएको वर्षको फेब्रुअरीको तुलनामा एक सय १६ प्रतिशतले धेरै भएको जनाइएको छ । नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याकंमा रहेको छ । युरोपबाट गएको महिना चार हजार आठ सय १३ जना पर्यटक आएको बोर्डले जनाएको छ ।

अमेरिकी देशबाट तीन हजार ६ सय १४ जना पर्यटक र एसियाली देशबाट नौ सय पाँच जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ । यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार जना पर्यटक नेपाल घुम्न आएका थिए भने सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.