काठमाण्डौ । विस्तारै नेपालमा पउर्यटकीय गतिविधि बढ्दै गएका छन् । फेब्रुअरी महिनामा मात्रै नेपालमा २० हजार जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ । गएको वर्षको फेब्रुअरीको तुलनामा एक सय १६ प्रतिशतले धेरै भएको जनाइएको छ । नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याकंमा रहेको छ । युरोपबाट गएको महिना चार हजार आठ सय १३ जना पर्यटक आएको बोर्डले जनाएको छ ।
अमेरिकी देशबाट तीन हजार ६ सय १४ जना पर्यटक र एसियाली देशबाट नौ सय पाँच जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ । यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार जना पर्यटक नेपाल घुम्न आएका थिए भने सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक नेपाल आएको तथ्याकं रहेको छ ।
