भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एसईई प्रश्नपत्रको छपाई सुरु

एसईई प्रश्नपत्रको छपाई सुरु

काठमाडौं । बिहीबारदेखि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि प्रश्न पत्र छाप्न सुरु गरेको छ । तीनवटा सुरक्षा घेराबीच एसईईका प्रश्नपत्रहरू छाप्ने कार्य भइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छपाई सुरु गरिएको जनाइएको छ । बोर्डले पाँच लाख सेटभन्दा बढी प्रश्नपत्र छपाउँदैछ ।

आवश्यकभन्दा १० प्रतिशत बढी संख्यामा प्रश्नपत्र छपाउने चलन छ । गत वर्ष कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट लिइएको थियो । अर्को वर्ष त्यस्तै मोडालिटीबाट कक्षा–१० को परीक्षा सञ्चालन गर्ने योजना रहेकोले योपटक केही स्थानमा अनलाइनमा प्रश्नपत्र पठाउन लागिएको बोर्डले जनाएको छ । प्रश्नपत्र चैत मसान्तभित्र छापिएर जिल्ला–जिल्लामा पठाइनेछ । बुधबार साँझ बसेको बोर्ड बैठकले प्रश्नपत्र छाप्ने निर्णयगरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.