काठमाडौं । एक जना कोभिड–१९ का विरामी खोज्न १ लाख चार हजार खर्च हुने गरेको स्वास्थ्यमन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा डा. जागेश्वर गौतमले बताए । संक्रमण भैसके पछि चार लाख सम्म एक जनालाई खर्च हुने गरेको उनले बताए । त्यहि भएर कसैलाई पनि घर बाहिर ननिस्कन भनेको हो भन्दै गौतमले सचेत रहन आग्रह गरे ।
संक्रमितको संख्या ३० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन् ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/2796346007259814/
उपत्यकामा १८२ जना संक्रमित थपिए
उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।२४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकै दिन ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो
नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौं सहित ११ जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा गरी १र१ जनाको मृत्यु भएको हो । यसअघि बिहिबार ६ जना संक्रमितको मृत्यु भएको थियो । आज थपिएका ११ जनासहित नेपालमा कोरोना संक्रमित १३७ जनाको मृत्यु भएको छ।
