वासिङ्टन । इराकमा तैनाथ सबै अमेरिकी सेना जतिसक्दो चाँडो अमेरिका फर्कदै छन् । इराकमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको र इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेपछि अमेरिकी सेना डराएर इराक छोड्न लागेको हो ।
प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका बेला इराकको अवस्था बारे जानकारी गराएका थिए । मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले इराक छाड्ने खुलासा गरेका हुन । अमेरिकी सेना फिर्तीको विषयमा विदेशमन्त्री माइप पोम्पेओले अभियान समाप्त भएको बताएका छन् । इराकमा पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।
अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीलाई दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न चुनौतीको सामना गर्नु परिरहेको छ भने इराकी जनता शत्रुलाई शत्रुकै व्यवहार गर्नु पर्ने दाउमा छन् ।

