नेपाली काँग्रेसको महाधिवेशन सार्ने छुट कसैलाई छैन, नेतृत्व पूर्ण रुपमा असफल भयो : नेता कायस्थ

नेपाली काँग्रेसको महाधिवेशन सार्ने छुट कसैलाई छैन, नेतृत्व पूर्ण रुपमा असफल भयो : नेता कायस्थ

काठमाडौं । तरुण दलका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रसेका नेता विनोद कायस्थले नेपाली काँग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन् । नेता कायस्थले कैलश खबर डटकमसंग कुरा गर्दै १३ औं महाधिवेशनताका गरेका वाँचा पुरा नगरेका कारण काँग्रसको नेतृत्व पूर्ण रुपमा असफल भइसकेको बताएका हुन । उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा गरेका बाचाहरु विर्सिएको बताउदै काँग्रेसलाई सबै पार्टी कार्यकर्ता अटाउने खालको बनाउने भनेर उद्घोष गरेपनि अहिलेसम्म केही पनि नगरि आफ्नो कुर्सी बचाउने काम मात्रै गरेको बताए ।

कायस्थले पार्टीको बैठक समेत विधान अनुसार समयमा बस्न नसकेको उल्लेख गर्दै उनले भने के उहाँले गयको स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमत दिलाउन सक्नु भयो त ? भनेर प्रश्न समेत गरे । नेता कायस्थले नेपाली काँग्रसलाई अर्को चुनावमा बहुमत दिलाउन नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । उनले जनताकोबीचमा देखाउन लाएक नेतृत्व चयन गर्दै काँग्रेसका नेता कार्यकर्ता र जनताले पत्याउने खालको नेता हनुपर्ने बताए । चयन गर्न पर्ने बताए । उनले अहिलेका नेताहरुलाई विदा गर्नु पर्ने र १४ औं महाधिवेश समयमै सम्पन्न गर्न भाद्रमा महाधिवेशन गनै पर्ने संविधानले व्यवस्था गरेको उल्लेख गर्दै चाडो भन्दा चाडो महाधिवेशन सकाउनुपर्ने बताए ।

नेता कायस्थले नेपाली काँग्रेसले समयमा महाधिवेशन गर्न नसके नेपाली काँग्रेसका कार्यकर्ता निरास हुने बताउदै कार्यकर्ता निरास हुने वातावरण नबनाउन नेतृत्वसंग आग्रह गरे । उनले १४ औं महाधिवेशनको तयारी भइरहेको वेला विभिन्न बाहान बनाएर महाधिवेशन परधकेल्ने छुट कसैलाई नभएको तर्क गरे । क्रियाशील सदस्यताको विवाद चाडो धन्दा चाडो टुंगोमा पु¥याउनु पर्ने र क्रियाशील सदस्यताको विवाद टुंगीएका भए ७७ वटै जिल्ला नभए ७२–५० वटा जिल्लामै भए पनि अधिवेशन गर्न सके नेता कार्यकर्तामा केही आशा पलाउने बताए । १३ आंै महाधिवेशनमा भक्तपुरको एक क्षेत्रमा गरेको जस्तै गर्दा पनि महाधिवेशन सम्पन्न हुने बताए ।
उनले कोभिड १९को महामारीलाई कारण बनाई महाधिवेशन सार्न नहुने भन्दै विज्ञान र प्रविधिको युगमा कोभिडले महाधिवेशन रोक्ने नहुने बताए । उनले काभिड कम भएका जिल्लामा त अधिवेशन गर्न सकिने बताए ।

पुरा भिडियो हेनुहोस् …..

Mohotsav


Thali Mobile Pvt.Ltd.