भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपाली जनतामा कानुनी ज्ञानको कमीले गर्दा गरीबहरुले दुःख पाउने गरेको बताएका छन् । बुधबार ख्वप कलेज अफ लः मा नयाँ भर्ना भएको विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मेयर प्रजापतिले उक्त कुरा बताएका हुन । मेयर प्रजापतिले नवआगन्तुक विद्यार्थीहरुले सानातिना स्वार्थमा सीमित नभई विषयवस्तुमा दख्खल भएको विषय विज्ञको रुपमा आपूmलाई स्थापित गर्न मार्गनिर्देशन समेत दिए ।
उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सभासदहहरुमा कानून विषयको अध्ययन नहुँदा देश लथालिङ अवस्थामा पुगेको बताउदै नवआगन्तुक विद्यार्थीहरुमा देशको सार्वभौमिकता, स्वाधीनता र देशप्रेमको भावना हुनुपर्ने बताए । देशको अहिलेको मुख्य समस्या नै शासक दलका नेताहरुले देशको हीतका निम्ति नभई भारतको हीतमा काम गरेकाले भारतीय शासकहरुले नेपाललाई कहिले पनि स्वतन्त्र र सार्वभौम देशको रुपमा व्यवहार नगरेको र हेपाहा दृष्टि राखेको मेयर प्रजापतिले जानकारी दिए ।
ख्वप कलेज अफ ल का प्राचार्य प्रकाशकुमार श्रेष्ठले नव आगन्तुक विद्यार्थीहरुलाई कलेजसम्बन्धी विविध जानकारी प्रदान गरी मार्गनिर्देशन गरे भने कार्यक्रममा प्रशिक्षक राजाराम दुवालले समेत आफ्नो धारण राखेका थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ख्वप कलेज अफ ल अन्ततर्गत यस वर्षदेखि सञ्चालनमा आएको बी.ए. एलएल.बी. कार्यक्रममा २९६ जना विद्यार्थीहरुले पहिलो वर्षमा भर्नाको लागि आवेदन फाराम दिएकोमा ३ समूह गरी दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
