जयनगर । भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेललाई जयनगरस्थित रेल्वे स्टेसनमा धोइपखाली गरिएको छ । जयनगर आइपुगेकोे रेललाई रंगरोगन गरेर चिटिक्क पारिएको छ । परीक्षणका लागि आज (शुक्रबार) मध्याह्न उक्त नेपाली रेल जनकपुर पुग्ने छ ।
भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा नेपालले दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा थन्किएका थिए । अहिले यातायात सञ्चालनमा आएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो ।
