भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी

वीरगञ्ज । यहाँ सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी हुनुभएको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उहाँको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी हुनुभयो ।मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत ल्याउनुभयो । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी हुनुभयो ।

यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी हुनुभयो । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित हुनुभयो ।यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी हुनुभयो ।महाधिवेशनबाट एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदका लागि शनिबार मतदान भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.