भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् ।बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् ।बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन् । घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ । गम्भीर अवस्थाका वीरेन्द्र, रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्यचौकी बुइँपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । दुर्घटनालगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुले बताएका छन् ।सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सहचालकले सडकमा बाङ्गोटिङ्गो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताउनुभयो ।सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएका छ ।

 


Thali Mobile Pvt.Ltd.