भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल–बङ्गलादेश व्यापारः आयात बढी निर्यात कम

नेपाल–बङ्गलादेश व्यापारः आयात बढी निर्यात कम

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।  आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा रु. छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताउनुभयो ।

उहाँका अनुसार आव २०७६/०७७ मा रु ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा रु चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा रु तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्याङ्कले देखाएको छ । आव २०७१÷०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बङ्गलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उहाँको भनाइ छ ।

नेपालबाट बङ्गलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बङ्गलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्याङ्की–फूलबारीबाट बङ्गलादेशको बङ्गलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बङ्गलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.