भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

नेपाल भ्रष्टाचारको अखाडा बन्दै, भ्रष्टाचार हुने देशको एक सय १० औं सूचीमा सूचीकृत

नेपाल भ्रष्टाचारको अखाडा बन्दै, भ्रष्टाचार हुने देशको एक सय १० औं सूचीमा सूचीकृत

काठमाडौं । नेपालमा भ्रष्टाचारको गतीलाई हेर्दा आम सर्वसाधारणलाई झस्काएको छ । पछिल्लो समय ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले आम नेपालीलाई झस्काएको हो । उक्त रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेकोपनि आम नेपालीहरुको मनमा चिसो पसेको हो ।

गत वर्षको तुलनामा अंकमा केही सुधार भए तापनि नेपालमा अझै व्याप्त भ्रष्टाचार भएको मुलुकको रुपमा रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२’मा नेपालले सयमा ३४ अंक मात्रै पाएको छ । अघिल्लो वर्ष सयमा ३३ अंक मात्रै पाएको थियो ।

सीपीआई २०२२ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । ६८ अंक प्राप्त गरी भुटान २५औं स्थानमा छ । माल्दिभ्स ४० अंकसहित ८५औं, भारत ४० अंकसहित ८५औं, श्रीलंका ३६ अंकसहित १०१औं स्थानमा छ । पाकिस्तान २७ अंकसहित १४०औं र बंगलादेश २५ अंकसहित १४७औं स्थानमा छन् ।

सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई ‘भ्रष्टाचारग्रस्त’ मानिएको छ । यस वर्ष औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ । गत वर्ष १ सय १७औं मलुकको स्थानमा रहे पनि यो वर्ष १ सय १०औं स्थानमा उक्लिएको छ ।

अफगानिस्तान २४ अंक प्राप्त गरी १५०औं स्थानमा छ । त्यस्तै छिमेकी मुलुक चीन ४५ अंकसहित ६५औं स्थानमा छ । यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुनेमा पर्दछन् । प्रतिवेदनले शून्य अंक पाए सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० अंक ल्याए भ्रष्टाचार नै नहुने देशअन्तर्गत पर्ने उल्लेख गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २८ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्ने गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.