नेपाल महिला भलिबलको फाइनलमा प्रवेश, पदक पक्का

नेपाल महिला भलिबलको फाइनलमा प्रवेश, पदक पक्का image

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । स्वर्णका लागि भारतसँग खेल्ने भएपछि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो भने दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो । सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.