भर्खरै : Sorry, your browser does not support inline SVG.

पटका कारखानामा बिष्फोट, ९ जनाको मृत्यु, ११५ बढी घाइते

पटका कारखानामा बिष्फोट, ९ जनाको मृत्यु, ११५ बढी घाइते

बैंकक . थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा ११५ भन्दा बढी घाइते भएका छन् । नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई ११५ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको जनाए । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा राहत र उद्धार कार्य जारी छ । थप जानकारी दिँदै उनले विष्फोटका कारण बजारमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताए ।

विस्फोटका सम्बन्धमा गभर्नरले प्रारम्भिक अनुसन्धानका अनुसार पटाखा कारखानामा स्टिल वेल्डिङका क्रममा आगलागी भएपछि विस्फोट भएको हो । विष्फोटबाट धेरै पसल, घर र सवारी साधनमा नराम्ररी क्षति पुगेको छ । सो विष्फोटसँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.