काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले दुर्गमका जनताका पक्षमा गरेको काम नदेखेको तर आफुले केक काटेको र भात खाएको कुरा सञ्चारमाध्यमहरुले वारवार उठाईरहेको गुनासो गरेका छन् । नेकपा बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले दुर्गममा खानेपानी, बिजुली, सडक र बैंक पुगेको नदेख्ने पत्रकारले ‘केक काटेको र भात खाएको हिसाब गरेर बसेको भन्दै पत्रकारको आलोचना गरे ।
पाँचथरको सुख्खाग्रस्त क्षेत्र यासोक र रानीमा घरघरमा धारा पुर्याएको खुशीयालीमा त्यहाँका जनता नाँचे, खुशीयालीमा रमाए, खाना खाए र उत्सव मनाए तर बिचरा पत्रकार धुरुधुरु रोए भन्दै प्रधानमन्त्री ओलीले विकास लिएर गाउँ पुग्दा जनता खुशी हुनु, नाँचगान गर्नु र बाजा बजाउनु कुनै अनौठो नभएको बताए ।
विरोध गर्ने विषय नपाएकाले आफ्नो जन्मोत्सव र केक काटेको विषयलाई मुद्दा बनाएको भन्दै ती विरोध गर्नेलाई ‘केक राष्ट्रवाद’ भएको संज्ञा दिए । उनले भने, ‘कतिवटा केक ल्याए मैले त त्यो पनि हेरिनँ, अण्डा र माछाका डाला ल्याए, छोइदिएँ, मेरो फोटो बनाएर ल्याउँछन्, काट्छन् । तर म त काटिएको छैन, केक पो काटिएको हो ।१’
आफु धन कमाउन नभई देश बनाउन हिँडेको मान्छे भन्दै प्रधानमन्त्री ओलीले आफु मरेपनि पछिल्ला पुस्ताले आफ्नो आदर्श बोकेर हिँड्ने जिकिर गरे