भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

पर्यटन व्यवसायी राम सुन्दुर बके नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा निर्वाचित

पर्यटन व्यवसायी राम सुन्दुर बके नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा निर्वाचित

भक्तपुर । पर्यटन व्यवसायी राम सुन्दर बकेको नेतृत्वमा नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट भक्तपुरको रानीकोटमा अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा राजेन्द्र आगंजा, सानुराजा कार्की, र शान्ति केसी निर्वाचित भएका छन्भ । समतिको महासचिवमा सोनाम मानान्ध,सचिवमा राजु कुटु र दिल कुमार बाला चयन भएका छन् ।
समितिको कोषाध्यक्षमा बिकास लाखे चयन भएका छन् भने सह कोषाध्यक्ष कृष्णमान प्रजापति चयन भएका छन् ।
व्यवसायीहरुको हक हितका लागि निर्माण भएको कार्यसमितिले व्यवसायीहरुको हक प्राप्तिका लागि कार्य सम्पादन गर्ने नव निर्वाचित कार्य समितिका अध्यक्ष राम सुन्दर बकेले बताए । उनलले कोराना महामारिबाट थला परेको अर्थतन्त्रलाई बलियो बनाउन होमस्टेलाई अनुदान दिदै पर्यटन व्यवसायलाई जे पाक्छ त्यही विक्छ अभियानमा समाहित गर्नु पर्ने तर्क गरे ।
भेलामा महासंघका केन्द्रीय तथा प्रदेश तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.