भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको सम्मेलन ५ गतेदेखि

पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको सम्मेलन ५ गतेदेखि image

काठमाडौं । इन्टरनेशनल फेडेरेशन अफ एशियन एन्ड वेस्टर्न प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ ।

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को सम्मेलन हुने भएको हो ।

शुक्रवार पत्रकार सम्मेलन गरी यसबारे नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको हो । ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको महासचिव रोशन दाहालले बताए ।

सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताए । स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सम्मेलबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष रवि सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.