भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौँ हेक्टर सिँचाइविहीन

पहिराले पुरिएको सिद्धिनहर मर्मत नहुँदा सयौँ हेक्टर सिँचाइविहीन

झापा, । एक वर्षअघि पहिरोले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत नहुँदा एक हजार ७०० हेक्टर खेतीयोग्य जमिन सिँचाइविहीन बनेको छ । मेचीनगर नगरपालिका–१, २, ३ र ४ को एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिरोले गत वर्ष बगाएको थियो । यो वर्षको कात्तिकमा आएको बेमौसमी वर्षाले थप ५० मिटर नहर भासिएपछि समस्या झन् बढेको छ । झापाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने यो नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ ।

पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला छेउमा पहिराले क्षति पु¥याएको थियो । मर्मतसम्भार गर्ने बजेट अभावमा किसानहरु सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको र बजेट निकासाका लागि सम्बन्धित निकायमा बारम्बार पहल गर्दासमेत सुनुवाइ हुन नसकेको सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले गुनासो व्यक्त गरे। नेपाल सरकारका तत्कालीन मुख्य सचिव डा भोजराज घिमिरेको पहलमा २०७२ सालमा नहर सञ्चालनमा आएपछि सो क्षेत्रका किसान लाभान्वित बनेका थिए ।

नेपाल सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको थियो । पटकपटक मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन आग्रह गरेको उनले बताए । यद्यपि कतैबाट पनि बजेट उपलब्ध नहुँदा नहर प्रयोजनविहीन बनेको उनको गुनासो छ । उपल्लो मेचीनगरका बाहुनडाँगीवासी किसानले जङ्गली हात्तीबाट अन्नबाली जोगाउनका लागि चिया, सुपारीलगायतको वैकल्पिक नगदेबालीको खेती गर्दै आएका छन् ।

यतिबेला सुपारी, चिया, जैघाँस, तोरीलगायतका बालीलाई पानी चाहिन्छ । राज्यको ठूलो लगानीमा निर्माण भएको सिद्धिनहर बिग्रिएको र वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्या उत्पन्न भएको स्थानीय किसान रमा भण्डारीले बताए । उनले छिटो नहरको मर्मत गरिनुपर्ने किसानको माग रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.