भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

डोटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.