भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पहिलो अरबी महिला, जो अन्तरिक्ष स्टेशनमा पुगिन्…

पहिलो अरबी महिला, जो अन्तरिक्ष स्टेशनमा पुगिन्…

रियाद । पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेकी छन् । एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन् ।

जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो । जो १० दिन उनी अन्तरिक्षमा रहने छिन् । यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छन् ।

उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने छ । आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ।

म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’ बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन् ।

उनी अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन् । उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल छन् ।

 


Thali Mobile Pvt.Ltd.