काठमाडौं । पोप फ्रान्सिस पहिलो पटक मास्क लगाएर देखिएका छन् । कोरोना भाइरसको महामारीपछि गत हप्तादेखि सार्वजनिक स्थलमा देखिन थालेका फ्रान्सिस पहिलो पटक मास्क लगाएर देखिएका हुन ।
बुधबार उनले मास्क लगाएर गएका थिए । मानिसहरुको भिडमा गाडी पुग्न थालेपछि भने उनले मास्क निकालेका थिए ।
उनले बुधबार सार्वजनिक प्रार्थनामा सहभागीता जनाका थिए । बालबालिकासँग कुराकानी गरेका थिए । पोप फ्रान्सिसले अन्य मानिसलाई हात हल्लाएर अविवादन गरेका थिए ।

