काठमाडौँ । थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।
८ हजा ७ सय ९८ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जनामा कोरोना देखिएको हो ।
जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

