भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

पाइपलाइनबाट पेट्रोल आयात एक वर्षभित्र सम्पन्न हुने

पाइपलाइनबाट पेट्रोल आयात एक वर्षभित्र सम्पन्न हुने

काठमाडौं । एक वर्षभित्र मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइनबाटै ल्याउने भएको छ । हाल पाइपलाइनबाट डिजलमात्र आयात हुँदै आएको सरकारले जनाएको छ ।

अब पेट्रोल पनि ल्याइने गरी निर्माण कार्य भइसकेको छ।

दक्षिण एसियाको एकमात्र अन्तरदेशीय पेट्रोलियम पाइपलाइन भएको जनाइएको छ । भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमले यो पाइपलाइन निर्माण गरेको हो ।

डिजेलमात्र आयात हुने गरी २०७६ भदौ २४ गते पाइपलाइनको उद्घाटन गरिएको थियो ।

त्यसयता प्रतिघण्टा १ लाख ९३ हजार लिटरसम्म डिजल पाइपलाइनबाट आयात हुन्थ्यो । पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटरसम्म इन्धन आयात गर्न सकिन्छ।

आगामी सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न मिल्ने पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर नेपाल आयल निगमले मंसिर २९ गते पाइपलाइनको दोस्रो चरणको निर्माण सुरु गरेको हो ।

दोस्रो चरण सम्पन्न भएसँगै डिजेल आयात हुने गरेको पाइपलाइनबाटै पेट्रोल पनि प्राप्त हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.